लागुऔषधसहित ६ जना पक्राउ

images
  • 116
    SHARES
  • मंसिर ११, २०७९ आइतबार
    लागुऔषधसहित ६ जना पक्राउ
    images

    काठमाडौं

    झापा र गाेरखामा गरी अवैध लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–७ पालिया पुलस्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही नगरपालिका–८ बस्ने २० वर्षीय सुसन राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । 

     

    यसैगरी, ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरीले २४  वर्षीय मिनबहादुर उप्रेतीसहित तीनजनालाई  २ ग्राम  अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको छ । 

     

    घरमा लुकाई छिपाई राखेको लागूऔषध डाईजेपाम ५८ पिस, फेनारगन ५८ पिस, नोफिन ५८ पिस, नगद २८ हजार रुपैयाँ र मोबाईल ४ थानसहित गाेरखाकाे गोरखा नगरपालिका–१० छेपेटार बस्ने ३० वर्षीय अजय गुरुङसमेत दुई जनालाई उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend