काठमाडौं
राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य तथा नेपाली कांग्रेसकाे भातृ संगठन तरुण दलका पूर्व क्षेत्रीय सभापति निरन खड्का नेकपा एमाले प्रवेश गरेका छन्।

उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा पार्टी प्रवेश गराएका हुन्।ललितपुर महानगरपालिका-१८ निवासी खड्का दशक लामो खेलकुदमा आबद्ध थिए। सदस्य रहनुभएका उनी तेक्वान्दाेकाे मार्सल आर्ट पनि हुन्।
पार्टीमा प्रवेश गराउँदै अध्यक्ष ओलीले स्थानीय निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराउन लाग्नुपर्ने बताए।उनले भने, ‘तपाईंलाई पार्टीले उचित जिम्मेवारी दिनेछ। अहिलेको अवस्थामा तपाईंको भूमिका महत्त्वपूर्ण रहनेछ।खड्काले एमालेको नीति र सिद्धान्त मन परेको कारण पार्टी प्रवेश गरेकाे बताए।
पार्टी प्रवेश कार्यक्रममा एमाले पोटिटब्युरो सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज सुशिला नेपाल, पार्टी केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख विष्णु रिजाल, केन्द्रीय सदस्य वावुराम थापा, प्रदेश सांसद एवं पूर्व प्रदेशमन्त्री जीवन खड्का एमाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यको उपस्थिति रहेको थियो।



