दोलखाका १० मतदान केन्द्रमा मङ्सिर १५ गते पुन: मतदान

images
  • 100
    SHARES
  • मंसिर १२, २०७९ सोमबार
    दोलखाका १० मतदान केन्द्रमा मङ्सिर १५ गते पुन: मतदान
    images

    दोलखा

    रद्द भएका दोलखाका १० वटा मतदान केन्द्रको मतदान मङ्सिर १५ गते हुने भएको छ । सोमबार बिहान बसेको निर्वाचन व्यवस्थापन समितिले मङ्सिर १५ गते मतदान गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । 

     

    ‘सोमबार बसेको निर्वाचन व्यवस्थापन समितिको बैठकले १५ गते १० वटा मतदान केन्द्रमा पुन मतदान गर्ने निर्णय गरेको छ’,उनले भने, ‘त्यसको तयारी आजैबाट सुरु भएको छ ।’ निर्वाचन आयोगले आइतबार मात्रै मङ्सिर १५ गतेभित्र निर्वाचन गराइसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । 

     

    मङ्सिर १० मा भएको मतदानमा सत्ता गठबन्धनले बुथ क्याप्चर गरेको भन्दै प्रतिनिधि सभाका एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीले पुन मतदानका लागि निवेदन दिएका थिए । त्यसपछि आयोगले स्थलगत अध्ययन गरेको थियो ।

     

    त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले मङ्सिर ४ को निर्वाचन रद्द गरेर पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend