माधव नेपालले रामचन्द्रलाई भने : 'प्रधानमन्त्री बनाउन सहयोग गर्छौँ'

images
  • 106
    SHARES
  • मंसिर १२, २०७९ सोमबार
    माधव नेपालले रामचन्द्रलाई भने : 'प्रधानमन्त्री बनाउन सहयोग गर्छौँ'
    images

    काठमाडौं

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ। 

     

    सोमबार बिहान पौडेल कोटेश्वरस्थित नेपाल निवासमा पुगेका थिए । भेटमा गठबन्धनलाई कायमै राख्ने विषयमा छलफल भएको बताइएको छ । पौडेलले आफूलाई प्रधानमन्त्री बन्न सहयोगका लागि नेपालसँग आग्रह गरेका छन् ।

    जवाफमा नेता नेपालले आफ्नो सहयोग हुने बताएका थिए। यसअघि पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेता विमलेन्द्र निधिसँग पनि भेट गरिसकेका छन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend