महिलासँग नाम जोडेर आराेप लगाइएकाे स्थापितको गुनासो

images
  • 91
    SHARES
  • बैशाख २०, २०७९ मंगलबार
    महिलासँग नाम जोडेर आराेप लगाइएकाे स्थापितको गुनासो
    images

    काठमाडौं

     काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)बाट मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलासँग आफ्नाे नाम जाेडेर आराेप लगाइएकाे गुनासो गरेका छन्।आफू मेयर हुँदा सम्पदा विभागमा काम गर्न आएकी ती महिलासँग आफूले कहिल्यै संगत नगरेको स्थापितले दावी गरेका छन्। मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन्।

    ccaa.jpg

    आफू महिला मैत्री भएकाले उनीहरुसँग आफ्ना धेरै फोटाहरु हुन सक्ने उनले तर्क गरे। तर, महिलाहरूमाथि आफूले कुनै पनि अनुचित सम्बन्ध नराखेको उनकाे जिकिर थियो।उनले आफू विगतमा मेयर हुँदा महानगरपालिकामा महिलालाई समेटेर खेलकुदको छुट्टै विभाग बनाउने प्रयास गरेको पनि बताए। आफू मेयर हुँदा केही पुरुष कर्मचारीहरुले रेष्टुरेन्टमा भेटेर लेनदेनको आधारमा काम गरेको आफूले थाहा पाएपनि महिला कर्मचारीहरुले त्यसो नगरेकाले उनीहरुमाथि आफूले सधैं सम्मान गर्ने बताए।

    स्थापितले आफूले महिलाहरुको सधैँ सम्मान गर्ने तर त्यसैलाई लिएर आरोपित भईरहन जरुरी नभएको दोहोर्‍याए। उनले भने, ‘मैले दिने त फल हो नि। मैले गाली त दिन्न। म हिंसाको विरोधी। महिलाहरुको सम्मान गर्ने, महिलाहरुलाई आदर गर्ने र महिलाहरूसँग काम गर्दा मलाई सहज हुन्छ भन्छु। यो मेरो निजी प्राक्टिकल अनुभव हाे।'

    स्थापितले आफू महिला हिंसा विरोधी भएकाले उनीहरुले आरोप लगाउँदा पनि आफूले गालीमा जवाफ दिन नचाहेको बताए। उनले आफूले जनतालाई फल दिनुपर्ने भएकाले कसैलाई पनि गाली दिन नमिल्ने जानकारी दिए।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend