रत्ननगर- १३ मा एमालेको घरदैलो

images
  • 68
    SHARES
  • बैशाख २०, २०७९ मंगलबार
    रत्ननगर- १३ मा एमालेको घरदैलो
    images

    चितवन, बैशाख २० 

    नेकपा एमाले रत्ननगर वडा नं. १३ ले घरदैलो कार्यक्रम गरेको छ । घरदैलोसंगै कोणसभामा बोल्दै एमालेबाट रत्ननगरका मेयर उम्मेदवार विमला दुवाडीले बेरोजगारी, महिला, युवाको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

    kkkk.jpg

    उनले भनिन् महिलाका समस्याहरु धेरै भएकाले महिलाको पाठेघर, स्तनक्यान्सर जस्ताको स्वास्थ्य जाँच ६/६ महिनामा वडाका विभिन्न स्थानमा शिविर राखि परिक्षण गर्ने बताईन् । उपमेयर पदका उमेद्वार यादव प्रसाद पाठकले रत्ननगर नगरपालिकाको तर्फबाट विना ब्याज लोन उपलब्ध गराई व्यापार व्यवसाय गर्न दिईने उनको भनाई छ । जग्गा नभएकालाई निशुल्क जग्गा उपलब्ध गराई खेतीपाति गर्न दिईने उनले बताए ।

    pppp.jpg

    एमालेबाट रत्ननगरका मेयर उम्मेदवार विमला दुवाडी, उपमेयर यादव पाठक, वडा न १३ का वडा अध्यक्ष पदका उमेदवार सुवास घिमिरे, सदस्यहरु अशोक दराई, अजित चौरेल, बेलकुमारी श्रेष्ठ, रेश्मा मिजार लगायत कार्यकर्ताहरु उम्मेदवारका घर–घर बस्ती बस्तीमा पुगेर मतदातासंग भोट मागेकाछन्

    rrrr.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend