खैरहनीमा मेयरका उम्मेदवार डल्लाकोटीद्वारा उम्मेदवारी फिर्ताको घोषणा ,एमाले उम्मेदवारलाई समर्थन गर्ने

images
  • 130
    SHARES
  • बैशाख २०, २०७९ मंगलबार
    खैरहनीमा मेयरका उम्मेदवार डल्लाकोटीद्वारा उम्मेदवारी फिर्ताको घोषणा ,एमाले उम्मेदवारलाई समर्थन गर्ने
    images

    बैशाख बैशाख २० गते । खैरहनी नगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका विकास डल्लाकोटीले आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् । उनले नेकपा एमालेका उम्मेदवारलाई समर्थन समेत बताएका छन् । डल्लाकोटि एमालेकै युवा नेता हुन ।

    ddaa.jpg

    युवा संघका केन्द्रिय सदस्य समेत रहेका डल्लाकोटीले नगर प्रमुख पदमा दिएको उम्मेदवारी फिर्ताको घोषणा गर्दै एमालेका उम्मेदवार लालमणी चौधरीलाई समर्थन गर्ने एमाले नेताहरुसंगको छलफल पछि पत्रकारहरुलाई बताए । आफ्नो केही असमझदारी रहेकोमा नेताहरुसंगको छलफल पश्चात् उम्मेदवारी फिर्ताको घोषणा गर्दै एमालेका उम्मेदवारहरुलाई सहयोग गर्ने डल्लाकोटिले बताए । छलफल पछि नेकपा एमाले केन्द्रिय सदस्य जेएन थपलियाले युवा नेता डल्लाकोटिले उम्मेदवारी फिर्ता लिएर एमालेलाई सहयोग गर्ने निर्णय गर्नु स्वागतयोग्य र पाटिलाई अझ मजबुद बनाएको बताए ।

    नेकपा एमालेका केन्द्रिय सदस्य जे.एन थपलिया , जिल्ला कमिटी उपाध्यक्ष कमल पाठक, क्षेत्रीय सचिव भरत भण्डारि ,बुद्धिजिवि भिष्मराज पाठकको उपस्थितीमा डल्लाकोटीले उम्मेदवारी फितासँगै एमालेका उम्मेदवारहरुलाई जिताउन लाग्ने घोषणा गरेका हुन् ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend