केन्द्रीय सदस्य अधिकारीमाथि आक्रमण सिरहामा

images
  • 152
    SHARES
  • बैशाख २१, २०७९ बुधबार
    केन्द्रीय सदस्य अधिकारीमाथि आक्रमण सिरहामा
    images

    सिरहा 

    सिरहामा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्दीय पार्टी कार्यालय सचिव प्रकाश अधिकारीमाथि  आक्रमण भएको छ । 

    uuuaaaaaaa.jpg

    पश्चिमबाट पूर्व आईरहेका उनीमाथि पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहा र मिर्चैया नगरपालिकाको सीमानामा पर्ने घुर्मी खोला पुल नजिक मंगलबार राति अज्ञात समूहले आक्रमण गरेको हो । आक्रमणबाट उनी सामान्य घाइते भएका छन् । उपचारपछि उनी गोलबजारतर्फ लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरि वलीले जानाए ।

    उनी सिरहा नगरपालिकाका निर्वतमान मेयर अशेश्वर यादव चढ्दै आएका बा २ झ ३६५१ सेतो नम्बरको सरकारी गाडी चढेर काठमाडौंबाट आएको बताइएको छ । स्कारपियो इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेको छ।

    अधिकारीलाई कसले किन आक्रमण गरेको भन्ने विषयमा अनुन्धान भइरहेको प्रहरीले बताएको छ। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend