मतपत्र कालीकोटमा पनि पुग्यो

images
  • 137
    SHARES
  • बैशाख २२, २०७९ बिहीबार
    मतपत्र कालीकोटमा पनि पुग्यो
    images

    मन्मा

     आसन्न स्थानीय तह निर्वाचनका लागि कालीकोटमा ९१ हजार मतपत्र सहित आवश्यक निर्वाचन सामग्री पुगेको छ । जिल्ला आइपुगेका सामग्री मतदान केन्द्र तथा मतदान स्थलमा पु¥याउने काम सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    jjjaassd.jpg

    मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश लालकाजी श्रेष्ठले आवश्यक मतपत्र सहित अन्य सामग्री जिल्ला आइपुगेको जानकारी दिए । जिल्लाका नौ स्थानीय तहमा पुरुष ४१ हजार ९४४ र महिला ३८ हजार ४७२ मतदाता छन् ।

    जिल्ला निर्वाचन अधिकृत नन्दराम चौलागाईंले निर्वाचनको तयारी तीव्र रुपमा भइरहेको जानकारी दिए। निर्वाचन सुरक्षामा लागि चारवटै सुरक्षा निकायलाई आवश्यकता अनुसार परिचालन हुने जनाइएको छ ।

    प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले निर्वाचनमा आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन हुने बताए ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend