नेपाली राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्ने ,

images
  • 312
    SHARES
  • कार्तिक ५, २०७८ शुक्रबार
    नेपाली राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्ने ,
    images

    नेपाली २३ वर्ष मुनीको राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्दैछ ।नेपालले ताजिकिस्तानको गासर सेन्ट्रल मैदानमा इन्डोनेसियाको सामना गर्नेछ । नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार साँझ ५ः४५ मिनेटमा  सुरु हुनेछ ।

    1622127328-8IqAJ.jpg

    एएफसी २३ वर्ष मुनिको एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।छनोटमा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् ।नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend