काठमाडौं
मंसिर ४ गते भएको आम निर्वाचनको अन्तिम नतिजा बुधबार घोषणा गरिँदैछ ।
सोहीअनुसार नेकपा माओवादी केन्द्रले प्रदेश तथा प्रतिनिधिसभातर्फ समानुपातिकका ४३ सांसदको सूची निर्वाचन आयोगमा बुझाइसकेको छ ।
माओवादीले आयोगमा प्रतिनिधिसभाका १४ सहित प्रदेशतर्फका समानुपातिकको सूची बुझाएको हो ।
आयोगले स्वीकृत गरिसकेको सूचीमा १४ प्रतिनिधिसभा सदस्य रहेका छन् भने प्रदेशसभातर्फ प्रदेश १ मा ४, मधेसमा ४, बागमतीमा ७, गण्डकीमा ३, लुम्बिनीमा ४ , कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ३ समानुपातिक सदस्य छन् ।




