महिलातर्फ एपिएफको जीत :राष्ट्रिय क्लब भलिबल

images
  • 158
    SHARES
  • बैशाख २३, २०७९ शुक्रबार
    महिलातर्फ एपिएफको जीत :राष्ट्रिय क्लब भलिबल
    images

    काठमाडाैँ 

    छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ)ले साविक विजेता न्यु डायमण्ड स्पोर्टस् क्लबलाई पराजित गरेको छ ।

    uuuuuii.jpg

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा एपिएफले न्यू डाइमण्डलाई ३–० को सेटमा पराजित गरेको हो । एपिएफले न्यु डायमण्डलाई २५–१९, २५–१० र २५–९ को सेटमा पराजित गर्यो ।

    जारी प्रतियोगितामा न्यु डायमण्डको यो लगातार चौथो हार हो । यस हारसँगै न्यु डायमण्डले ४ खेल १ अङ्क जोडेर प्रतियोगिताको अन्त्य गरेको छ । यता एपिएफको भने यो तेस्रो जीत हो । एपिएफको ९ अङ्क रहेको छ ।

    महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट भलिबल क्बल सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले रु छ लाख तथा उपविजेताले रु तीन लाख पाउनेछन् । त्यसैगरी तेस्रो हुने टोलीले रु एक लाख ५० हजार र चौथो हुनेले रु ७५ हजार प्राप्त गर्नेछन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend