अर्जेन्टिनाका कप्तान मेस्सी विश्व कपको सर्वोत्कृष्ट खेलाडी

images
  • 159
    SHARES
  • पौष ४, २०७९ सोमबार
    अर्जेन्टिनाका कप्तान मेस्सी विश्व कपको सर्वोत्कृष्ट खेलाडी
    images

    काठमाण्डाै 

    फिफा विश्व कप कतार–२०२२ को उपाधि विजेता अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल प्राप्त गरेका छन् ।

    कप्तान मेस्सीले पहिलो पटक विश्व कप जित्ने क्रममा प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरे । अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट गरेका मेस्सीले गोल्डेन बल पाएका हुन् । फाइनलमा उनले दुई गोल गरे । प्रतियोगितामा फ्रान्सका किलीयन एम्बाप्पेले सिल्भर बल तथा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पनि प्राप्त गरेका छन् ।

    क्रोएसियाका लुका मोड्रिचले ब्रोन्ज बल हात पारे । प्रतियोगिताका शीर्ष तीन खेलाडीलाई गोल्डेन, सिल्भर र ब्रोन्ज बल प्रदान गर्ने गरिन्छ । अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले फिफा विश्व कप कतार–२०२२ मा गोल्डेन ग्लोभ अवार्ड जितेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend