सन्यास लिन्न, च्याम्पियनको रुपमा अझै खेल्न चाहन्छु : मेसी

images
  • 172
    SHARES
  • पौष ४, २०७९ सोमबार
    सन्यास लिन्न, च्याम्पियनको रुपमा अझै खेल्न चाहन्छु : मेसी
    images

    ४ पुस, काठमाडौं

    अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाएका लिओनल मेसीले तत्काल सन्यास नलिने बताएका छन् ।

    उनले टीवाईसी स्पोर्ट्ससँगको अन्तर्वार्तामा आफूले अझै खेल्ने बताए । ‘मेरो लागि लगभग खेल जीवनको अन्त्यमा सफलता आयो । म राष्ट्रिय टिमको समूहमा रहन चाहन्छु । म विश्व च्याम्पियन भएर अझै केही खेलहरू खेल्न चाहन्छु ,’ मेसीले भने ।

    उनले आफूले चाहेको सबै कुरा पाएको र योभन्दा बढी भगवानसँग माग्न नसक्ने बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend