खैरहनीमा एमालेको घरदैलो आक्रमक

images
  • 166
    SHARES
  • बैशाख २३, २०७९ शुक्रबार
    खैरहनीमा एमालेको घरदैलो आक्रमक
    images

    वैशाख २३

    चितवनको खैरहनीमा नेकपा एमालेले आफ्नो घरदैलो तथा कोण सभा आक्रमक रुपमा अघि वढाएको छ । निर्वाचनको मिति नजिकिदै गर्दा गठवन्धनको प्रवाह नगरि एमालेका उम्मेदवारहरु विहानदेखी वेलुका सम्म घरदैलोमा व्यस्त छन् ।

    279634537_867688454632268_1981648965175341807_n.jpg

    घरदैलोको समय छोटो भएकाले उम्मेदवारहरु प्रत्येक घरघरमा पुग्ने अवस्था छैन् । खैरहनीमा रहेका १३ वटा वडाकै घरमा पुग्न उनीहरुलाई मुस्किल छ । उनीहरुले संभव भएसम्म घरघरमा पुगेर भोट मागेका छन्, त कतिपय ठाउँमा कोण सभा मार्फत आफ्ना योजना सुनाउँदै जनतालाई मत दिन आह्वान गरिरहेका छन् ।

    279571533_411398537151699_6549252582849928114_n.jpg

    नगर प्रमुख पदका उम्मेदवार लालमणि चौधरी,उपप्रमुख पदका उम्मेदवार कविता उप्रेती वडा वडामा पुगेर मत मागिरहेका छन् । उनीहरुले नगरको ८ वटा वडामा घरदैलो गरिसकेको छ ,अव वडा नम्वर ८,१०,११,१२ र १३ वाँकी छ । एमालेले अघिल्लो निर्वाचनको विरासत जोगाउँदै केही वडा थप गर्ने रणनिति वनाएको छ ।

    280052313_679468576650931_8148295919170583822_n.jpg

    खैरहनीको वडा नम्वर ४ र ५ लाई काग्रेशको गढको रुपमा लिने गरिएता पनि एमालेको घरदैलो कार्यक्रममा स्थानीयको उत्साजनक उपस्थिती र मायाले उत्साहित भएको एमालेबाट खैरहनीमा नगर प्रमुख पदका उम्मेदवार तथा पुर्व नगर प्रमुख लालमणि चौधरीले बताए ।

    पहिलो कार्यकालमा पनि नगरको क्षमताले भ्याएसम्मको काम गरेको स्मरण गर्दै पुर्व नगर प्रमुख चौधरीले निर्वाचित भएमा लोककल्याणकारी कामलाई प्राथमिकता दिने बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend