रत्ननगर
एमाले निकट अखिल नेपाल महिला संघले आफ्ना सदस्यहरुलाई मतदाता शिक्षा सम्बन्धी प्रशिक्षण दिएको छ । रत्ननगर नगरकमिटीले आयोजना गरेको सो कार्यक्रममा मतहाल्ने तरिका,अपनाउनु पर्ने सुरक्षा सर्तकता लगायतको विषयमा प्रशिक्षण दिइएको कार्यबहाक अध्यक्ष चन्द्रिका केसीले जानकारी दिइन ।
प्रशिक्षण लिएका अनुमसंघसंघ आबद्धहरुले गाउँ गाउँमा पुगेर मतदाताहरुलाई शिक्षा प्रदान गर्ने केसीले जानकारी दिइन । कार्यक्रममा एमालेकी केन्द्रीय परिषद् सल्लाहाकार सदस्य महादेबी खतिवडा,एमालेका नगर कमिटी अध्यक्ष इश्वरी प्रसाद अर्याल,अनेमसंघ नगर इन्चार्ज ज्वाला पुरी वन लगायतले मन्तव्य राखेका थिए ।



