पीएसजीका स्ट्राइकर एम्बाप्पे क्लब फुटबलमा फर्किए

images
  • 127
    SHARES
  • पौष ७, २०७९ बिहीबार
    पीएसजीका स्ट्राइकर एम्बाप्पे क्लब फुटबलमा फर्किए
    images

    काठमाण्डौ,पुस ७

    कतारमा भएको फिफा विश्व कप फुटबलमा गोल्डेन बुट जितेका फ्रान्सका खेलाडी केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किएका छन् ।

    फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर एम्बाप्पे प्रशिक्षणमा फर्किएका हुन् । एम्बाप्पेको टोली फ्रान्स विश्व कप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित भएको थियो ।
    सन् २०१८ मा फ्रान्सलाई उपाधि जिताएका एम्बाप्पेले यसपटकको फाइनल खेलमा ह्याट्रिक गरेका थिए । तर उपाधि जिताउन सकेनन् । उनले कतार विश्व कप फुटबलमा कुल ८ गोल गरी गोल्डेन बुट जितेका थिए । त्यस्तै पीएसजीका फरवार्ड समेत रहेका लिओनल मेस्सीले ७ गोल गरी कतार विश्व कपमा गोल्डेन बल जिते ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend