चितवन । चितवनका शरदराज पाठक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा महामन्त्री हुने भएका छन्। तत्कालीन विवेकशील साझा पार्टीमा रवीन्द्र मिश्र अध्यक्ष हुँदा नेता पाठक प्रवक्ता थिए। गत स्थानीय तह निर्वाचनमा विवेकशील साझाले सन्तोषजनक मत ल्याउन नसकेपछि नैतिकताका आधारमा अध्यक्ष मिश्रले राजीनामा दिएका थिए।
त्यसपछि राप्रपा प्रवेश गरेका मिश्रले हाल आएर तत्कालीन अवस्थामा आफ्नो सहकर्मी शरदराज पाठकलाई पनि राप्रपामा सम्मानजनक पदसहित प्रवेश गराएका हुन्। नेता पाठकले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बन्दा रवीन्द्र मिश्रलाई चुनावी अभियानमा सघाएका थिए। तर, राप्रपामा औपचारिक प्रवेश गरेका थिएनन्।
नेता पाठकलाई महामन्त्री पद दिँदै गर्दा राप्रपामा महामन्त्रीको संख्या पनि थपिएको छ। राप्रपामा यसअघि धवलशमशेर जबरा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरूङ र प्रल्हाद प्रसाद महामन्त्री भइसकेका छन्।



