देवघाट तनहुँ:२०७९ पौष ८
तनहुँको देवघाटमा मोटरसाइकल चोरी बढ्न थाले पछि स्थानीय चिन्तित बनेका छन्। पौष महिनाको एक साता भित्र ३ वटा मोटरसाइकल चोरी भएको छ। आज पौष ८ गते पनि बिहाना करिब ३ बजेको समयमा दुईवटा मोटरसाइकल चोरी भएको छ ।
देवघाटको पुरानो झोलुङ्गे पुलको मुख गणेश मन्दिरको आसपासबाट दुई सय सि.सि.को एनयस र एक सय पचास सि.सि. को निलो पल्सर मोटरसाइकल एकसाथ हराइएको इलाका प्रहरी कार्यालय देवघाटका वरिष्ठ नायब निरिक्षक भेषराज रेग्मीले बिहानी मिडियालाई जानकारी दिएको छ। एनसय मोटरसाइकल देवघाट ५, तनहुँ स्थित बसोबास गर्ने पच्चीस बर्षिय रोहन पौडेलको रहेको छ भने भक्तपुर स्थित बसोबास गर्ने ४७ बर्षिय योगेश प्रसाद ढुङ्गानाको पल्सर मोटरसाइकल चोरी भएको रेग्मीले जानकारी दिए । बा.प्र.०६-००१ प ५५२२ नम्बर लेखिएको सेतो रङ्गको एनयस मोटरसाइकल र कालो र रातो रङ्गको पल्सर मोटरसाइकल चोरी भएको थाहा पाए पछि आज बिहान देवघाट ईलाका प्रहरी कार्यालयमा पुगि खोजी कार्यमा सहयोग गर्न आग्रह गर्दै निवेदन समेत पेश गरेको रोहन पौडेलले बिहानी मिडियालाई जानकारी दिएको थियो ।
योजेश प्रसाद ढुङ्गाना भक्तपुरबाट औँशीको श्राद्व गर्न हिजो मात्रै देवघाट आएको थियो । साथै यहीँ पौष १ गते देवघाट ५ कालिमाटी निबासी रमेश आलेको पनि मोटरसाइकल घरमा राखी रहेको स्थान बाटै चोरी भएको थियो। चोरी बढ्न थाले पछि स्थानीय व्यक्तिहरु चिन्तित बनेका छन् भने देवघाट गाउँपालिका देवघाट क्षेत्र बिकास समिति र संघ संस्थाहरु संग सुरक्षाको लागि देवघाट प्रवेश नाकाहरुमा सि.सि. क्यामरा जडान र दाशढुङ्गामा सुरक्षा पिटको माग राख्दै आए पनि हाल सम्म कुनै सुनाई नभएको बताएको छन।



