लाेकतान्त्रिक वाम गठबन्धनद्वारा प्रतिवद्धता पत्र सार्वजनिक धरानमा

images
  • 212
    SHARES
  • बैशाख २४, २०७९ शनिबार
    लाेकतान्त्रिक वाम गठबन्धनद्वारा प्रतिवद्धता पत्र सार्वजनिक धरानमा
    images

    सुनसरीको धरान नगरपालिकामा लाेकतान्त्रिक वाम गठबन्धनले स्थानीय निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ।

    qqqrtt.jpg

    शनिबार धरान-१२ मा आयोजित प्रतिवद्धता पत्र सार्वजनिकीकरणका क्रममा गठबन्धनबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार किशोर राईले धरानलाई उपमहानगरपालिकादेखि उज्यालो धरान नगर बनाउने बताए।‘धरानमा व्याप्त रहेको खानेपानीको जटिल समस्या हल, धरानको गुरु योजना, धरानलाई खेलकुदको सहर बनाउने योजनाका साथै सुन्दर, उज्यालो एवम् पर्यटकीय गन्तव्य स्थल बनाउन आफूहरू एकढिक्का छौँ’, प्रतिवद्धता पत्र सार्वजनिक गरेपछि उनले भने, ‘समुन्नत धरानका लागि सबैसँग सहकार्य, छलफल तथा सल्लाह सुझाव अनुसार अगाडि बढ्ने छौँ। धरान उपमहानगरपालिकालाई चुस्त दुरुस्त र पारदर्शी बनाउन अगाडि बढ्नेछौँ।’

    गठबन्धनका तर्फबाट निर्वाचन परिचालन समितिका संंयोजक सुजेन्द्र तामाङले निर्वाचन नजिकिँदै गएको अवस्थामा यसपटक आफूहरूले ढिलो प्रतिवद्धतापत्र सार्वजनिक गरेको जानकारी दिए।तामाङले घरदैलो कार्यक्रमपछि सर्वसाधारणको समस्या, राय र सुझाव सुनेर प्रतिबद्धता तयार पारिएको प्रस्टाए।

    प्रतिवद्धता पत्रमा धरानको विकासका लागि दीर्घकालीन योजना, भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा लगायतका कुराहरूलाई समेटिएको छ।स्वास्थ्य क्षेत्रमा देखिएका कमीकमजोरीलाई सुधार गर्दै धरानलाई स्वास्थ्यको हब बनाउने लक्ष्य राखिएको प्रतिवद्धता पत्रमा दीर्घरोगीका लागि निःशुल्क औषधी उपचार, पर्यटकीय क्षेत्रको विकास, धरान आसपासकामा रहेका क्षेत्रसँग लिङ्क रोड निर्माण गर्ने कुराले प्रतिवद्धता पत्रमा स्थान पाएको छ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend