देवघाट तनहुँ :२०७९ पुस ९ गते
तनहुँको देवघाट गाउँपालिका सिटि हलमा आज "समुन्नत देवघाटको आधार: धार्मिक पर्यटन, कृषि र सम्पन्न पूर्वाधार" "सभ्य समाजको पहिचान: लैङ्गिक हिंसा बिरूद्वको अभियान" भन्ने मुल नारा सहित देवघाट गाउँपालिका स्तरीय महिला सञ्जालको अधिवेशन सम्पन्न भएको छ । सो पालिका स्तरीय महिला सञ्जाल अध्यक्षमा राधादेवी खनाल निर्विरोध चयन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले देवघाट गाउँपालिकाको बिकास दिगो रुपमा अगाडी बढाउने बताउदै स्वदेशमै रोजगारी सिर्जना गर्न र व्यवसायीक बनाउन उद्यमी सिप तालिमलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राख्ने समेत बताउनुभयो। साथै महिला दिदिबहिनीहरूलाई विभिन्न तालिमको आयोजना गर्दै अगाडि बढाउने बताउनु भएको छ । गत पौष १ गते भएको साधारणसभा तथा प्रथम अधिवेशनमा कोषाध्यक्ष पदमा सर्वसहमत हुन नसक्दा अधिवेशन पौष ९ गते आज पुन : गठन भएको देवघाट गाउँपालिकाका कार्यक्रम प्रमुख कृष्णराज पन्तले बताए ।

प्रथम अधिवेशनले अध्यक्षमा राधदेवी खनाल,उपाध्यक्ष माया शर्मा, कोषाध्यक्षमा दिलमाँया सापकोटा, सचीवमा एलिजा अधिकारी क्षेत्री,सह-सचीवमा रेखा खनाल सहित ११ जना समिति सर्वसहमत चयन भएको छ । नयाँ समितिलाई खादा, अबिर लगाएर प्रमाणपत्र समेत प्रदान गरिएको थियोे । कार्यक्रममा देवघाट गाउँपालिकाका बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुभद्रा भट्टराई समेत उपस्थिति रहेको थियोे ।




