काठमाडौं,पुष १०
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई मुख्य संवैधानिक पद तीन पार्टीलाई मिलाएर बाँड्न प्रस्ताव गरेका छन् । प्रचण्ड र माधव नेपालले देउवालाई राष्ट्रपति, प्रधानमन्त्री र सभामुख एक-एक पार्टीलाई बाँड्न प्रस्ताव गरेका हुन् । बालुवाटारमा जारी छलफलमा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल पनि छन् ।
गठबन्धनमा विवाद बढेपछि माओवादी र कांग्रेस दुवैले एमालेसँग पनि निरन्तर छलफल गरिरहेका छन् ।



