बालुवाटार बैठकपछि पौडेलले भने- 'गठबन्धन टुट्यो, छलफलमा बस्दैनौँ भनेर प्रचण्ड बाहिरिनुभयो'

images
  • 102
    SHARES
  • पौष १०, २०७९ आइतबार
    बालुवाटार बैठकपछि पौडेलले भने- 'गठबन्धन टुट्यो, छलफलमा बस्दैनौँ भनेर प्रचण्ड बाहिरिनुभयो'
    images

    काठमाडौं

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिस्थिति नियन्त्रणबाहिर जान्छ कि भन्ने डर लागेको बताएका छन् ।आइतबार बालुवाटारमा भएको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकपश्चात् उनले गठबन्धन अब कांग्रेसको हातमा नरहेको बताएका हुन् ।

     

    उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेको बताए ।  ‘हाम्रो हातबाट सबैथोक जान्छ कि भन्ने डर छ, के हुन्छ यो देशको अवस्था मलाई चिन्ता छ’ उनले भने, ‘अब गठबन्धन टुट्यो, हामी छलफलमा बस्दैनौँ भनेर प्रचण्ड बाहिरिनुभयो ।’

     

    कांग्रेससँग भागबण्डामा कुरो नमिलेपछि प्रचण्ड एमालेतर्फ नजिकिएका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend