राष्ट्रपति कार्यालय भन्छ– ‘बहुमतको पत्र आइसक्यो, आज शपथ हुने सम्भावना कम’

images
  • 104
    SHARES
  • पौष १०, २०७९ आइतबार
    राष्ट्रपति कार्यालय भन्छ– ‘बहुमतको पत्र आइसक्यो, आज शपथ हुने सम्भावना कम’
    images

    काठमाण्डौ 

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलहरूले गरेको दाबी राष्ट्रपति कार्यालयमा पुगेको छ ।

    बहुमत सांसदको हस्ताक्षरसहितको पत्र आइसकेको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले उज्यालोलाई जानकारी दिनुभयो । उहाँले दलका नेताहरू राष्ट्रपति भवन आउने क्रम चलिरहेको बताउनुभयो ।

    प्रधानमन्त्रीको शपथ आजै हुने सम्भावना कम रहेको उहाँले बताउनुभयो । ‘आजै शपथ हुन्छ जस्तो मलाई लाग्दैन, केही तयारी गर्नुपर्ला, त्यसैले भोलि हुन सक्छ’, ढकालले भन्नुभयो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend