काठमाडौं,पुस १०
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७८ असार २८ गते सरकारबाट हटेपछि बालकोटस्थित बार्दलीमा पुगेर आफ्ना कार्यकर्तालाई सम्बोधन गरेका थिए। बालकोटको बार्दलीबाट उभिएर सम्बोधन गर्दै गर्दा ओली आफ्नै अहमले बालुवाटारबाट निस्किनुपरेर पछारिन पुगेको टिप्पणी भएको थियो।
जहाँ पुगेर एमाले, माओवादीसहित अन्य साना दलको बैठकले पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय लियो। उक्त निर्णयसँगै प्रचण्डको पक्षमा १६६ सांसद उभिने ग्यारेन्टी भयो। त्यसपछि उपस्थित पत्रकारहरुले ओली र प्रचण्डलाई बालकोटको बार्दलीमा उभिन भने। भुइँतलामा भएको उक्त बैठकपछि पत्रकाहरुले ओली र प्रचण्ड दुवैलाई बालकोटको बार्दलीमा जान भने। पत्रकार र समर्थकको आग्रहपछि ओली र प्रचण्ड दुवै बालकोटको बार्दलीमा पुगेर उभिए अनि अभिवादन गरे।
त्यसपछि उनीहरु बहुमतको सरकार दाबी गर्न राष्ट्रपतिको कार्यालय शीतल निवासमा पुगिसकेका छन्। सम्भवतः प्रचण्ड आजै प्रधानमन्त्रीमा नियुक्त हुनेछन्।



