काठमाडौं, पुस १०
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल १६७ सांसदको समर्थनसहित मुलुकको ४४ औं प्रधानमन्त्री बन्ने भएका छन्। सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गरेका प्रचण्ड ७ दल र १६७ सांसदसहित तेस्रो पटक प्रधानमन्त्री बन्न लागेका हुन्।



