पार्टीको बैठकमा बोलाइएन, म अपमानित भएर पोखरा आएँः गगन थापा

images
  • 97
    SHARES
  • पौष ११, २०७९ सोमबार
    पार्टीको बैठकमा बोलाइएन, म अपमानित भएर पोखरा आएँः गगन थापा
    images

    काठमाडौं,पुस ११

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापतिको घरमा बैठक बोलाएको हुँदा नबोलाइ जान नपाएको र आफूहरु अपमानित भएको बताएका छन् ।

    पोखरा लिटरेचर फेस्टिबलमा उनले यस्तो बताएका हुन् । “नढाँटी भन्दा म बिहान ६ बजेदेखि सभापतिको फोन कुरेर बसेको थिएँ । समाचारमा के पढेँ भने पार्टीसँग छलफल गर्छु भन्नुभएको रहेछ । त्यो भनिसकेपछि म पनि पदाधिकारी भएको हुनाले बैठकमा जानुपर्छ भन्ने लागेको थियो । बैठक घरमा थियो, नबोलाई जाने कुरा भएन । त्यसकारण म बैठकमा जाँदा आउन भ्याउँदिन कि भन्ने लागेको थियो मैले मेरो टिकट पनि सारेँ । तर म अन्तिममा आएँ । यहाँ अपमानित भएर आएँ ।”
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend