गठबन्धनलाई असफल बनाउने षड्यन्त्र भइरहेको छ तनहुँ पुगेर देउवाले भने

images
  • 140
    SHARES
  • बैशाख २४, २०७९ शनिबार
    गठबन्धनलाई असफल बनाउने षड्यन्त्र भइरहेको छ तनहुँ पुगेर देउवाले भने
    images

    काठमाडाैँ 

    प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले यसलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको बताएका छन् । 

    cccppp.jpg

    नेपाली कांग्रेस तनहुँले शनिवार दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनलाई सफल बनाइने बताए । कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन स्थानीय तह निर्वाचनका लागि मात्रै नभई प्रदेश र प्रतिनिधि सभा निर्वाचनसम्म कायम रहने प्रधानमन्त्री देउवाले दाबी गरे । 

    गठबन्धनलाई असफल बनाउने षड्यन्त्र भइरहेको भन्दै प्रधानमन्त्री देउवाले त्यस्ता तत्वलाई चुनावको मैदानबाट परास्त गर्ने जिकिर गरे । गठबन्धन सफल बनाउने कांग्रेसको एउटै मात्र लक्ष्य भएको देउवाको भनाइ थियो । प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव हुन्छ भन्ने कुरा कमैले पत्याएको भन्दै देश चुनावमा होमिएको बताए । 'धेरैलाई चुनाव हुन्छ र भन्ने भ्रम थियो, तर देशमा चुनावको माहोल छ,' देउवाले भने । 

    प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारबाट जनताले मुक्ति पाएको भन्दै केपी ओलीको नेतृत्वमा संसद अवरुद्ध गरी सरकारलाई काम गर्न नदिइएको बताए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend