गण्डकी प्रदेशसभाका ज्येष्ठ बस्यालले आज शपथ लिँदै

images
  • 101
    SHARES
  • पौष १३, २०७९ बुधबार
    गण्डकी प्रदेशसभाका ज्येष्ठ बस्यालले आज शपथ लिँदै
    images

    पोखरा 

    गण्डकी प्रदेशसभाका ज्येष्ठ सांसद मित्रलाल बस्यालले आज शपथ लिँदै छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई सपथ गराउने कार्यक्रम तय भएको छ । संविधान अनुसार प्रदेश प्रमुखले जेष्ठ सांसदलाई सपथ गराउने र उनै जेष्ठ सांसदले अरु सांसदलाई शपथ गराउने व्यवस्था छ । 

     

    बस्याल ६५ वर्षका भए । ६५ वर्षकै अर्का सांसद विन्दुकुमार थापा बस्याल भन्दा २ दिनले कान्छा छन् । प्रदेश प्रमुखको निवासमा बस्याललाई सपथ गराउने तयारी भएको प्रेस संयोजक माधव रेग्मीले बताए । 

     

    यहाँका अन्य ५९ सांसदलाई विहिबार संसद भवनमा सपथ गराइने छ । संसद सचिवालयले सांसदलहरुलाई मातृभाषामा पनि शपथको तयारी गरेको छ । 
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend