कर्मचारीको टोली मतदान केन्द्रतर्फ निर्वाचनमा खटिएका

images
  • 170
    SHARES
  • बैशाख २५, २०७९ आइतबार
    कर्मचारीको टोली मतदान केन्द्रतर्फ निर्वाचनमा खटिएका
    images

    सिमकोट।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रका लागि खटिएका हुम्लाका २० वटा कर्मचारीको टोली मतदात सामाग्री बुझेर मतदात केन्द्रतर्फ लागेका छन्।

    jjjjll.jpg

    सदरमुकाम सिमकोट पैदल तीन देखि चार दिनलाग्ने कर्मचारी निर्वाचन सम्पन्न गर्न मतदान केन्द्रतर्फ लागेका हुन्।जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाका अनुसार शनिबारसम्म जिल्लाका चार वटा गाउँपालिकाका २० वटा मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्न खटिएका मतदान अधिकृत सहितको टोली मतदान केन्द्रतर्फ लागेको छ।

    हाल १४ वटा टोलीले पनि कार्यालयबाट सामाग्री बुझि सकेका छन्। मतदान केन्द्रतर्फ लागेको टोलीमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी, प्रहरी र म्यादीप्रहरी रहेका छन्।

    यसअघि मतदान अधिकृतले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयबाट निर्वाचनका लागि आवश्यक ५८ प्रकारका सामाग्री बुझेका थिए।

    उनले हालसम्म मतदान केन्द्रतर्फ लाग्नु भएका कर्मचारीहरुको टोलीमा नाम्खा गाउँपालिका-६ को हिमालपारीको गाउँलिमीका तीन, चङ्खेली गाउँपालिकाका लागि सात वटा, अदानचुलीका पाँच, ताँजाकोटका छ र सर्केगार्डका आठ वटा मतदान केन्द्र रहेको बताए।

    ताँजाकोट गाउँपालिकाको कैलाश आवि. मतदान केन्द्रका मदन अधिकृत बखतबहादुर खड्काल ेनिर्वाचन सम्पन्न गर्ने जिम्मेवारी बोकेर मतदान केन्द्रतर्फ लागेको बताए।उनको साढे तीन दिन पैदल हिँडेर मतदान केन्द्रमा पुगिन्छ। जिल्लाबाट निर्वाचन सम्पन्न गर्नकालागि खटिएर केन्द्रतर्फ लागेका कर्मचारीहरु दुईदेखि साढे तीन दिनमा मतदान केन्द्रमा पुग्नेछन्।

    मुुख्य निर्वाचन अधिकृतको कार्यालयले एउटा मतदान केन्द्रका लागि कर्मचारी र सुरक्षाकर्मी गरी मतदाता सङ्ख्याका आधारमा आठदेखि एघार जना खटिएको जनाएको छ।यसैबिच एउटा मतदान केन्द्रमा मतदान अधिकृतले आवश्यकताका आधारमा तीन जनासम्म स्थानीय स्वयम सेवक भर्ना गर्न सकिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    यसमा स्थानीय महिला पुुरुषलाई स्वयम सेवकको रुपमा भर्ना गर्न सकिने छ। अब बिस टोलीले सामाग्री बुुझ्न बाँकी छ। यस सामाग्री बुुझ्न बाँकी रहेका मतदान केन्द्रहरुमा सिमकोट र खार्पुनाथ गाउँपाकिलाका रहेका छन्। नजिकै भएको कारण ती केन्द्रका कर्मचारीले सामाग्री नबुझेका हुन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend