करिस्मा गुरुङ देवघाट तनहुँ:पुस १३ गते
मधुवन सामुदायिक वनको अध्यक्षमा डिल्लीराम गिरी चयन भएको छ । सोमबार भएको २५ औँ वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनमा अध्यक्ष पदमा टुङ्गो नलागे पछि अधिवेशन पौष १३ गते आज सरेको थियोे । आज भएको मधुवन सामुदायिक वनको अधिवेशन बाट अध्यक्ष पदमा डिल्लीराम गिरी सर्वसहमत चयन भएका छन् ।
त्यस्तै उपाध्यक्ष पदमा कमला देवकोटा,सचिव पदमा धन बहादुर थापा,कोषाध्यक्ष पदमा निर्मला गुरूङ र सदस्य पदमा निरमाँया रेग्मी, विपना गुरूङ, गंगा बहादुर भुजेल, शेर बहादुर गुरूङ,खगीमाँया आले मगर, गोपी थापा मगर, श्रीमायाँ गुरूङ सहित ११ जना सदस्यीय समिति सर्व सहमत चयन भएका छन् ।



