तनहुँ : मंसिर १४ गते
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ देवपुर निवासी बसोबास गर्ने हिमाल आले मगरले न्यानो कपडा वितरण गरेका छन् ।

आज बिहिवार साँढेबगरमा रहेको महादेव आधारभूत विद्यालयमा न्यानो कपडा वितरण गरेका हुन् । अहिले जाडो निकै बढेकोले स्कुलको बच्चाहरूलाई केही ह सम्म सहज होस् भनेर सुइटर वितरण गरिएको आलेले बताए । उनले अरूले सुइटर बाडेको देखेर आफुलाई पनि बाड्ने इच्छा जागेको समेत बताए ।

लगभग पन्ध्र हजार रकम बराबरको सुइटर २५ जनालाई बितरण गरेको हो । सो न्यानो कपडा वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हिरा कुमारी कोइराला र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा बहादुर गुरूङ लगाएत लगाएत उपस्थिति रहेको थियोे ।




