नेपाल टी–२० लिगमा लुम्बिनीले विराटनगरलाई हरायाे

images
  • 133
    SHARES
  • पौष १७, २०७९ आइतबार
    नेपाल टी–२० लिगमा लुम्बिनीले विराटनगरलाई हरायाे
    images

    काठमाण्डाै 

    नेपाल टी–२० लिग क्रिकेट प्रतियाेगितामा आज आइतवार भएकाे दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किङ्ग्सलाई १२ रनले हराएकाे छ । 

    लुम्बिनीले दिएको एक सय २३ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा एक सय १० रनमा अलआउट भयो । विराटनगरका अर्जुन साउदले सर्वाधिक ४१ रन बनाए । लुम्बिनीका तिलक भण्डारी, ह्यारी टेक्टर र शाड्ली भान स्चाल्कवेकले दुई/दुई विकेट लिए ।

    यसअघि त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर एक सय २२ रन बनायाे । लुम्बिनीका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ५० रन बनाए । विराटनगरका नन्दन यादव, सूर्य तामाङ र विवेक यादवले दुई/दुई विकेट लिए ।

    याे जितसँगै लुम्बिनी सात खेलमा १२ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ भने विराटनगर छ खेलमा चार अङ्कसहित पाँचौँ स्थानमा छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend