काङ्ग्रेस चितवनले गर्यो गम्भीर ध्यानाकर्षण युवा नेता कानको हत्या प्रती

images
  • 164
    SHARES
  • बैशाख २६, २०७९ सोमबार
    काङ्ग्रेस चितवनले गर्यो गम्भीर ध्यानाकर्षण युवा नेता कानको हत्या प्रती
    images

    चितवन 

    नेपाली कांग्रेस चितवनका युवा नेता तथा बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) को  अज्ञात समूह द्वारा हत्या भएको घटना प्रती नेपाली काङ्ग्रेस चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल द्वारा जारी बिज्ञप्तिमा भनिएको छ,परियारको बैशाख २५ गते साँझ अन्दाजी ७: ३० बजे भरतपुर महानगरपालिका वडा नं ७ कृष्णपुर खेल मैदान नजिक अज्ञात समुहबाट धारिलो हतियार प्रहार गरि हत्या गरिएको घटना प्रति नेपाली कांग्रेस चितवनको गम्भिर ध्यानाकर्षण भएको छ । 

    aaaabbb.jpg

    निर्वाचनको प्रचारप्रसारको सिलसिलामा खटिरहेका एक युवा व्यक्तित्व माथी सुनियोजित तरिकाले साङ्घातिक आक्रमण गरि निर्मम तरिकाले हत्या भएको घटनाले नेपाली कांग्रेस चितवनलाई स्तब्ध एवम् मर्माहित तुल्याएको जारी बिज्ञप्तिमा उल्लेख छ । 

    उक्त घटना प्रति नेपाली कांग्रेस चितवन खेद प्रकट गर्दछ बिज्ञप्तिमा भनिएको छ ।  घटनाको यथाशिघ्र सत्यतथ्य पत्ता लगाई दोषीमाथी कडा भन्दा कडा सजाय गर्न सम्बन्धित निकाय संग जोडदार माग गर्दछौ । अन्यथा यस घटनाबाट सिर्जना हुने सम्पूर्ण परिस्थितिको जिम्मा प्रशासन हुने पनि बिज्ञप्तिमा उल्लेख छ ।

    hhhgggtt.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend