देवघाटधाम जेसीजको प्रथम पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रम सम्पन्न

images
  • 259
    SHARES
  • पौष २४, २०७९ आइतबार
    देवघाटधाम जेसीजको प्रथम पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रम सम्पन्न
    images
    देवघाटधाम जेसीजको प्रथम पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
     
    324591365_1303076887202474_5892515933864113967_n.jpg
     
    "शासन व्यक्तिको होइन विधिको हुनुपर्दछ" भन्ने मल नारा सहित स्थापित भएको जेसीज अहिले देवघाटधाममा पनि यस संस्था प्रति रूचि राख्ने व्यक्तिहरूको ओइरो देखिन्छ । पौष १६ गते देवघाटधाम जेसीज २०२३ को अध्यक्ष पदमा जेसी बिष्णुहरी सापकोटा सहित कार्यकारी उपाध्यक्ष पदमा जेसी अर्जुन सुवेदी र रघु मल्ल चयन हुनु भएको थियोे भने उपाध्यक्ष पदमा जेसी करिष्मा गुरूङ, जेसी शिव प्रसाद अधिकारी,जेसी सुजन गुरूङ,जेसी माधव न्यौपाने चयन र निर्देशक पदमा जेसी सन्दिप पोख्रेल,जेसी आशिष पौडेल, जेसी महेन्द्र पराजुली, जेसी नवराज रिसाल गरेर ११ सदस्यीय समिति सर्वसहमत चयन हुनु भएको थियोे ।
    324629059_557342039617486_5634174467481916289_n.jpg
     
    भने त्यस्तै कोषाध्यक्ष पदमा जेसी प्रसन्न ढकाल,कानुनी सल्लाहकारको पदमा जेसी प्रकाश ढुन्गाना,महासचिव पदमा जेसी अर्जुन शर्मा र तालिम आयुक्त पदमा शिला न्यौपाने चयन भएको छ । शनिबार नमस्ते देवघाट गार्डेन रिसोर्टमा भएको दोस्रो साधारणसभा तथा प्रथम शाखा अधिवेशनबाट सापकोटाको अध्यक्ष समिति चयन भए लगत्तै हिजो २३ गते शनिबार सपथ लिएको हो । सोही पद हस्तान्तरण समारोहमा देवघाटधाम जेसीजका संस्थापक अध्यक्ष एवं निवर्तमान अध्यक्ष जेसी विकास सापकोटाले २०२३ का अध्यक्ष बिष्णुहरी सापकोटालाई आफ्नो गलाको माला लगाईदिएर आफ्नो पद हस्तान्तरण गर्नुका साथै पुर्व अध्यक्ष जेसि विकास सापकोटाले नवनिर्मित बिष्णुहरी सापकोटालाई सपथ खुवाएका थिए ।
     
    324596814_1592270211220063_7135652696847781702_n.jpg
    त्यस्तै २०२३ का निर्वाचित सम्पूर्ण जेसीहरूलाई नवनिर्मित अध्यक्ष बिष्णुहरी सापकोटाले सपथ खुवाएका थिए । सो कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीज वर्ष २०२३ का राष्ट्रिय अध्यक्ष सिनेटर विकास मानन्धरले नवनियुक्त जेसीहरूलाई हार्दिक बधाई दिदैँ पुर्व अध्यक्ष विकास सापकोटाको टिमलाई कार्यकाल सफल बनाएकोमा धन्यवाद व्यक्त गरेका थिए । देश बनाउनमा युवाहरूको ठुलो हात हुन्छ भन्दै जेसीजको माध्यमबाट आफ्नो व्यक्तित्व विकास गरि समृद्ध नेपाल निर्माणमा जुट्न अनुरोध समृत गरेका थिए । प्रमुख अतिथि मानन्धरले १८ देखि ४० नकटेका सम्पन्न युवाहरूलाई जेसीजमा लाग्न समेत आग्रह गरे । भर्खरै उदाउँदो देवघाटधाम जेसीजले स्थापना कालमै धेरै राम्रो राम्रो कामहरू गर्दै आएको नेपाल जेसीजले समेत मुल्यांकन गरेको मानन्धरले बताउदैँ देवघाटधाम जेसीजलाई आगमि दिनहरूमा पनि हरेक क्षेत्रमा सहयोग पुर्‍याउने प्रतिवद्वता गरे । कार्यक्रमका विशिष्ट अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले देवघाट गाउँपालिकामा देवघाटधाम जेसीजलाई हार्दिक स्वागत छ भन्दै पालिकाको तर्फबाट हरेक ठाउँमा सहयोग हुने बताए । थापाले जेसीजको लागि एउटा घर निर्माणको लागि जग्गा समेत उपलब्ध गराइसकेको जानकारी गराएका थिए । उनले अहिले जेसीजमा लागेका युवाहरू भावि दिनहरूमा पालिकाको जिम्मेवारी पदमा बसेको हेर्न पाउँ समेत भने ।
     
     
    नेपाल जेसीज २०२१ राष्ट्रिय अध्यक्ष अरूणेश्वर खनालले जेसीज व्यक्तित्व विकास र समाजमा सकारात्मक उर्जा पैदा गर्नको लागि उत्पन्न भएको बताए । र जेसीजमा सिकेका कुराहरू समाज परिवर्तनमा लागु गर्न समेत अनुरोध गरे । नेपाल जेसीजका राष्ट्रिय कार्यकारी उपाध्यक्ष रजनी थापाले जेसीज एउटा लिडरको उत्पादनको केन्द्र हो भन्दै लिडर एकदिनको लागि होइन सधैका लागि हुनु पर्छ भने । नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष राधिका भूषाल नवनिर्मित देवघाटधाम जेसीजलाई सफल कार्यकालको शुभकामना दिदैँ यहाँ आवश्यक पर्ने तालिम र कार्यक्रमहरू ल्याउनमा हरेक कदम कदममा सहयोग गर्ने बताए ।
     
     
     
     
    324558458_1243969996190483_336072999535037100_n.jpg
    कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङ, देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष पुर्ण बहादुर कुँवर,वडा सदस्यहरू बुद्धि बहादुर पाण्डे, याम बहादुर मगर र जेसीजका विभिन्न शाखाबाट अध्यक्ष लगाएत अन्य पदाधिकारीहरूको सहभागी रहेको थियोे । भने देवघाटधाम जेसीजमा वर्ष २०२२ मा रहि सर्वाेत्कृष्ट काम गरेका सदस्यहरूलाई सम्मान गरेका थिए । महासचिव प्रकाश ढुङ्गानाले सञ्चालन गरेको कार्यक्रम संस्थापक अध्यक्ष जेसी विकास सापकोटाको अध्यक्षतामा शनिबार प्रथम पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको थियोे ।
    324233074_1141877016690321_7019028634767177687_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend