नेपाली मतदानका लागि फर्किए भारतमा रहेका नागरिकहरू

images
  • 148
    SHARES
  • बैशाख २६, २०७९ सोमबार
    नेपाली मतदानका लागि फर्किए भारतमा रहेका नागरिकहरू
    images

    टीकापुर 

    यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् । स्थानीय तहको नेतृत्व चयनका लागि आफ्नो मताधिकार प्रयोग गर्न रोजगारीका सिलसिलामा भारतमा काम गर्न गएका नेपालीहरु स्वदेश फर्कन थालेका हुन् ।

    llvvvv.jpg

    निर्वाचनको मिति नजिकिँदै जाँदा आफ्नो पालिकाको नेतृत्व छान्न स्वदेश आउनु प¥यो भनी छिमेकीले खबर गरेपछि आफ्नो सात जनाको परिवार स्वदेश फर्किएको जानकी गाउँपालिकाका विकास धामीले बताए ।

    ‘‘आफ्नो मताधिकार प्रयोग गर्न भारतमा रहेका अन्य नेपाली पनि घर फर्केका छन्, हामी १५ दिनको बिदा मिलाएर आएका हौँ’’, विकासले भने, ‘‘निर्वाचनमा छिमेकी उठेका छन् ।उनलाई मतदान गर्न आउनुप¥यो भनी बोलाए, अनि हामी आर्यौँ ।’’एक सातायता अन्य समयभन्दा बढी नेपाली स्वदेश फर्कन थालेका छन् ।

    स्वदेश फर्कनेहरु मतदान गर्ने अधिकार प्रयोग गर्नाका साथै सक्षम नेतृत्व चयनका लागि फर्किएको बताउँछन् ।कैलालीको जानकी गाउँपालिकाकी कमला न्यौपानेको दम्पति पनि स्थानीय तहको निर्वाचनमा मतदान गर्नकै लागि स्वदेश फकिएको छ । उनी मतदान गर्ने वित्तिकै भारत फर्कने बताउछिन।

    ‘‘हामीले निर्वाचन हुँदैछ भन्ने कुरा समाचारमा थाहा पायौँ, आफन्तसँग पनि फोनमा कुराकानी भइरहन्थ्यो’’, न्यौपानेले भन्नुभयो, ‘‘एक पटक गल्ती भएमा पाँच वर्ष पालिकाको विकासमा असर पर्छ, त्यसैले सक्षम नेतृत्व छानौँ, र कर्तव्य पनि पालना गरौँ भनी आएका हौँ, मतदान गरेर उतै फर्कने हो ।’’

    मतदान गर्नु नागरिकको अधिकार भएकाले असल नेतृत्व छनोट गर्ने अधिकार सुनिश्चित गर्नाका लागि निर्वासनमा पुगेका नेपाली धमाधम स्वदेश फर्किन थालेका हुन् ।त्यही अधिकार प्रयोग गर्नाका लागि भारतको महाराष्ट्रबाट लम्की चुहा प्रतापपुरका सुरेश विकको ९ जनाको परिवार पनि स्वदेश फर्किएको छ । ‘‘हामी दाइभाइ र हाम्रा परिवार गरी नौ जना छौँ, नौ जनाले नै मतदान गर्न पाउँछौँ’’, उनले भनिन् ‘‘यसो आफन्तसँग भेटघाट पनि हुन्छ ।

     

     

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend