२६ पुस, काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको मर्म र भावनाअनुरुप नै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि दलहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनका दलहरु न्यूनमत साझा कार्यक्रमअनुसार एक ठाउँमा आएको बताए ।
संविधान बनाउने क्रममा नै सदनलाई सर्वोपरि बनाउन सहमति भएको भन्दै उनले भने, ‘भोलि संविधान संशोधन गर्ने, नयाँ ठाउँमा पुर्याउने हुनसक्छ । संविधान संशोधन नहुँदासम्म त्यसको मर्म र भावनाअनुसार अघि बढ्न प्रतिबद्ध छौं ।’



