नेकपा एमाले देवघाटले निकाले विज्ञप्ति:गाउँपालिकामा लेखा शाखा बन्द भएपछि सेवाग्राही समस्यामा

images
  • 366
    SHARES
  • पौष २६, २०७९ मंगलबार
    नेकपा एमाले देवघाटले निकाले विज्ञप्ति:गाउँपालिकामा लेखा शाखा बन्द भएपछि सेवाग्राही समस्यामा
    images

    करिष्मा गुरुङ देवघाट तनहुँ : पौष २६ गते

    देवघाट गाउँपालिकामा लेखा शाखा बन्द भएपछि सेवाग्राही भुक्तानमा समस्या परेको छ । मंगलबार नेकपा एमाले देवघाट गाउँ कमिटीले विज्ञप्ति निकाल्दै जनताको जनजीवन कष्टकर बन्दै गएको बताइएको छ । जनताका अतिआवश्यक प्रशासकिय कामहरू यथावत रूपमा सुचारू नभएपछि जनजिवन कष्टकर बन्दै गई रहेको उक्त विज्ञप्तिमा प्रस्तुत गरिएको छ ।

    विज्ञप्तिमा यी कुरा उल्लेख गरिएको छ। हार्दिक अनुरोध गर्दै यहीँ मिति २०७८ पौष ११ गते घटेको घटना प्रति नेकपा एमाले देवघाट गाउँ कमिटीको ध्यानाकर्षण भएको बताएको छ । विज्ञप्तिमा उक्त घटना घट्‌नु घटाउनुको मुख्य विषय वस्तु के हो ? घटना घटेको आधा महिना वितिसक्दा सम्म उक्त विषयको वास्तविकता बाहिर आउन नसक्नु र समस्या समधान समेत हुन नसक्नुको कारणले जनताका अतिआवश्यक महत्त्वपूर्ण प्रशासकिय कामहरूले यथावत रूपमा सुचारू नभई जनजिवन कष्टकर बन्दै गएको उक्त विज्ञप्तिमा प्रस्तुत गरिएको छ ।

    आम जनसमु‌दायले गाउँपालिका कार्यलयको काम साथै नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो पदिय दायित्व र जवाफदेहिता पूरा गर्न नसकेको जनगुनासो आईरहेको सन्दर्भलाई मध्यनजर गर्दै नेकपा एमाले देवघाट गाउँपालिका कमिटीले उक्त घटना प्रति दु:ख व्यक्त गरेको छ । र घटनाको सत्य तथ्य छानबिनका साथ न्यायरूपण हुने गरी सक्दो छिटो समस्याको समाधन गरी जनताको दैनिक कार्य सुचारु गर्न अनुरोध सहित नेकपा एमाले देवघाटका अध्यक्ष केशव चन्द्र न्यौपानेको हस्ताक्षर सहित विज्ञप्तिमा प्रस्तुत गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend