मन्त्रिपरिषद विस्तारमा ओलीजी र म सहमतिनजिक छौं : प्रचण्ड

images
  • 112
    SHARES
  • पौष ३०, २०७९ शनिबार
    मन्त्रिपरिषद विस्तारमा ओलीजी र म सहमतिनजिक छौं : प्रचण्ड
    images

    ३० पुस, काठमाडौं

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफू सहमति नजिक रहेको बताएका छन् ।

    शनिबार सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले संघीय सरकार र प्रदेश सरकारको मन्त्री भागवण्डा सहमति नजिक रहेको बताएका हुन् । शनिबार विहान पनि एमाले अध्यक्ष ओलीसाग भेट भएको र सहमतिको नजिक पुगेको उनको भनाइ छ ।

    सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँटमा विवाद हुँदा संघीय सरकार र प्रदेश सरकारहरुमा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । नियुक्त भइसकेका कतिपय मन्त्रीहरुको पनि जिम्मेवारी तोकिएको छैन ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend