देवघाट, बैशाख करिसमा गुरुङ
तनहुँको देवघाट गाउँपालिकामा गठबन्धन नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवार घरदैलो कार्यक्रम र प्रचारप्रसारलाई तिव्रगतीमा अगाडि बढाएका छन् ।

गाउँपालिकाको बस्ती-बस्तीमा पुगि घरदैलो संगै ठाउँठाउँमा कोणसभा सञ्चालन गरेर अगाडि बढेको गठवन्धनका साझा उपाध्यक्ष उम्मेदवार भुवन सिंह गुरूङले बताउनुभयो । गुरूङले घरदैलोको क्रममा आज देवघाटको गलेश्वर आश्रम, महेश सन्यास आश्रमको आसपास र पिपलटार हुदैँ गुरूङ वस्ती तिर कार्यक्रम गरेको जानकारी दिनुभयो ।

घरदैलो कार्यक्रममा गठबन्धन नेपाली काङ्ग्रेस अध्यक्ष पदका साझा उम्मेदवार तिलवहादुर थापा, नेकपा माअोवादि केन्द्र उपाध्यक्ष पदका साझा उम्मेदवार भुवन सिंह गुरूङ, ५ नम्बर वडाका गठबन्धनका साझा अध्यक्ष पदका उम्मेदवार पुर्ण वहादुर कुवंर, वडा सदस्य उम्मेदवारहरू दिलमायाँ सापकोटा, मनमायाँ नेपाली, बुद्वि वहादुर पाण्डे र याम वहादुर मगर लगाएतका उम्मेदवारहरू सहभागी रहेको थियो ।




