नेपाल मगर संघ चितवनको १७ औं अधिवेशन सम्पन्न, अध्यक्षमा ठाकुरसिंह आलेमगर चयन

images
  • 370
    SHARES
  • कार्तिक ७, २०७८ आइतबार
    नेपाल मगर संघ चितवनको १७ औं अधिवेशन सम्पन्न, अध्यक्षमा ठाकुरसिंह आलेमगर चयन
    images

    चितवन, ७ कार्तिक । नेपाल मगर संघ जिल्ला समन्वय समिती चितवनको अध्यक्षमा ठाकुरसिंह आले मगर चयन भएका छन्। संघको आज सम्पन्न १७औं जिल्ला अधिबेशनबाट अध्यक्षमा ठाकुरसिंह आले मगर चयन भएको हो।

    संघ अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा लाल बहादुर राना, मोहन बहादुर आले मगर र अमृत आले मगर, सचिवमा सजन मगर, सह–सचीव भिम बहादुर मगर र शान्ता थापा मगर, कोषाध्यक्षमा पुरन थापा मगर, सह–कोषाध्यक्ष जित बहादुर सारु मगर लगायत २५ जनाको नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो।

    248663573_258672206201243_2624075148561337985_n.jpg

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन मगरले मगरहरुको भाषा, संस्कृति, भेषभुषा रितिरिवाजको संरक्षणको लागी र मगरहरुको हकहितको निम्ति आफुले कुनै कसर नराखी अगाडी बढ्ने बताउदै यहीँ २५ गते बाट सुरु हुने राष्ट्रिय जनगणना २०७८ मा अनिवार्य मगरले भाषा मगरको विषयलाई जोड दिने समेत बताएका थिए। 

    248025760_303823661272645_9193031555504383224_n.jpg

    साथै महासचिव पुनले पुन मगरको बिषयमा विभाजनकारी रुपमा छुट्टै मगर भनेर गरिएको कुप्रचार प्रसार प्रति खेद प्रकट सवै मगरले समुदायलाई सचेत रहन समेत आग्रह गरेका थिए।

    कार्यक्रममा चितवन जिल्लाका प्रारम्भिक समिति ४४ वटा, भातृ समिति ५ वटा र स्थानीय समिति ७ वटाको सहभागीता रहेको थियो भने ४ जना मगर समुदायका वसन्ती अलेमगर, प्रेम कुमारी आले मगर, युवराज थापा, देउकुमार थापामगर लगाएतलाई सम्मान पनि गरिएको थियो।

    बन्द सत्रमा सचीवको साङ्गठनीक प्रतिबेदन र कोषाध्यक्षको आर्थिक प्रतिबेदन सर्बसम्मत पारित भएको थियो।

    248765530_1256865794781740_926489816670431541_n.jpg

    कार्यक्रममा विशिष्ट अतिथि नेपाल मगर संघ केन्द्रीय सदस्यहरू एकु थापा मगर, चन्द्र वहादुर राना मगर, नेपाल मगर संघ वाग्मती प्रदेश न ३ को उपाध्यक्ष कृष्ण राना मगर, नेपाल मगर संघ वाग्मती प्रदेश ३ को मुख्य सचिव सविन पुलामि मगर, नेपाल मगर संघ वागमती प्रदेश ३ संञ्चार सचिव मिलन थापा मगर, अतिथि नेपाल मगर संघ वागमती प्रदेश नम्बर ३ सदस्यहरू काशी माया राना मगर, देव वहादुर राना मगर, कुमार थापा मगर लगाएतको उपस्थिति रहेको थियो।

    247565220_1556277131371764_6052052755789894434_n.jpg

    सो कार्यक्रम नेपाल मगर संघ जिल्ला समन्वय समिती चितवनका सचिव सजन मगरले सञ्चालान गरेको थियो भने नेपाल संघ जिल्ला समन्वय समिति चितवनको अध्यक्ष खिम वहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

  • सम्बन्धित विषय:

  • # नेपाल मगर संघ चितवन
  • Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend