चितवन । पछिल्लो पाँच वर्षमा गरेको विकास निर्माण लगायतका कामको आधारले इच्छाकामना गाँउपालिकाका जनताले गिता कुमारी गुरुङको पक्षमा माहोल बनाएका छन् । गुरुङले गरेको परिवर्तन र विकासको चर्चा पुरै गाँउपालिका भरि हुने गरेको छ । गाँउपालिकाको अध्यक्ष भएदेखी गिताकुमारी गुरुङले नागरिकको सुविधा र विकासमा ध्यान केन्द्रीत गरिन् । अभाव र भौगोलिक विकटताले असुविधा भोगेका जनताको लागी स्थानिय सरकार भएको महसुस गराउन लागिन् ।

तत्कालिन नारा सिंहदरबार घरघरमा, त्यो नारा उनले व्यवहारमा उतारेर देखाउन सफल भएकी छिन् । कार्यालयमा भन्दा बढी जनताको घरदैलोमा पुगेर समस्याको पहिचान गर्दै योजना केन्द्रीत गरिन् । पाँच वर्षको कार्यकालमा जनताले महसुस गर्न पाउने काम गरेर इच्छाकामनाको छोरीको रुपमा सबैले मानेका छन् । पहाडी भूभाग मात्रै भएको पालिकामा कठिनताका बाबुजत पनि परिवर्तन गरेकी छिन् । बजेट ब्यवस्थापन गर्दे एकपछि अर्को योजनाले जनताको आँगनमा विकासको लहर लगेको स्थानिय बताउछन् ।

प्रशस्त तरकारी खेती हुने तोलाङका स्थानिय किसान अहिले यातायातको पहुँचबाट बजार पाएका छन् । उनीहरु अहिले आयआर्जनमा लागेका छन् । गाँउको उत्पादन बजार लगेर उचित मुल्यमा विक्रि गर्न पाएका छन् । इच्छाकामना २ का विकास गुरुङ गाँउमा भएको परिवर्तनले दंग छन् । ‘समस्या प¥यो कि गिता दिदीलाई भनेपछि काम बनिहाल्छ, पहिलेको तुलनामा अहिले हाम्रो गाँउ धेरै फेरिएको छ,’ उनले भने ‘ छोरी मान्छे भनेर के गर्ने छोरा मान्छे भन्दा बढी काम गरेर देखाएको छु ।’
पछिल्लो पाँच वर्षमा गिताकुमारीको ध्यान विकासको पहुँचमा नागरिकलाई ल्याउन लागिपरिन् । इच्छाकामनाको गाँउमा बिजुली बत्ती, खानेपानी, विद्यालय पूर्वाधार, सडक निमार्ण, स्वास्थ्य चौकी लगाएतको क्षेत्रमा उनले उल्लेख्य काम गरेकी छन् । इच्छाकामना गाउँपालिकाको विकटमा खानेपानीको धारा खरैमा पु¥याईन् । खानेपानीको अभावमा तड्पिएका जनताको घरको आँगनमा धारा पु¥याएकी छन् । बर्षौंदेखि खानेपानीको लागी घण्टौँ हिड्ने समस्या भोगेका वडा नं. १ को सबैभन्दा बिकट ज्यान्दालाका चेपाङबासी गाउँमा खानेपानी पु¥याएपछि स्थानीयको दैनिकी नै फेरिएको छ । आँगनमा पानीको धारा आएपछि स्थानीय दङ्ग छन् ।

गाउँबाट झण्डै एक घण्टाको दूरीमा रहेको खोलाबाट पानी बोक्नुपर्ने समस्याबाट यहाँका स्थानीयले मुक्ति पाएका स्थानीय भिम बहादुर चेपाङले बताए । ‘खोलामा पानी भर्न जाँदा पनि पालो पर्खेर बस्नुपर्ने बाध्यता थियो । तर, अहिले घरको आँगनमै धारा पुगेको छ,’ उनले भने , ‘उहाँले भन्नुभयो ‘पानी बोक्दै जीवन बित्ने यहाँका स्थानीयको दैनिकी फेरिएको छ, हामीले अहिले शुद्ध पिउने पानी घरछेउमा पाएका छौँ ।’
गिता गुरुङले गरेको कामको आधारले उनी फेरी पनि गाँउपालिकाको अध्यक्षमा उमेदवार बनेकी छन् । पाँच दलिय गठबन्धनको तर्फबाट उनी काँग्रेसबाट पुनः टिकट पाएकी हुन् । अबको कार्यकालमा इच्छाकामनाको मुहार फेर्ने उनको ईच्छा छ । जनताको समस्या र आवश्यकताबारे जानकार रहेको बताउदै उनले आफुले जिते विकासमा थप कायापलट गरेर देखाउने प्रतिवद्धता जनाएकी छन् । उनीसंगै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका तर्फबाट प्रताप गुरुङ उमेदवार छन् । आफ्नो टिमले जिते सहकार्य र साझेदारीबाट विकास गर्ने उपप्रमुख पदका उमेदवार प्रताप गुरुङले बताए ।



