देवघाट तनहुँ : माघ २० गते

तनहुँको देवघाट गाउँपालिकामा "समुन्नत देवघाटको आधार,धार्मिक पर्यटन कृषि र सम्पन्न पूर्वाधार"भन्ने मुल नारा सहित देवघाट गाउँपालिकाको आयोजनामा भएको शिक्षा योजना निर्माण कार्यशाला सम्बन्धि दुई दिने तालिम आज सम्पन्न भएको छ ।

माघ १९ गतेबाट सुरू भएको सो तालिम भोलि २० गते सम्पन्न भएको हो । देवघाट गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयको बारेमा सुझाव सङ्कलन गर्ने, विद्यालयका समस्या पहिचान गर्ने उद्वेश्यले प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सम्पूर्णको सहभागीतामा दुइ दिने तालिमको आयोजना गरिएको देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले बताए ।

सो तालिम समापन समारोह कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष एवं गाउँ शिक्षा समितिका संयोजक तिल बहादुर थापाले आफु शिक्षा पेसाबाट आएको हुदाँ शिक्षक जिवनमा धेरै कष्टकरहरू सहदै आएको बताउदैँ विद्यालयलाई राम्रो बनाउन वा राम्रो नतिजा ल्याउन विद्यालयका प्रधानाध्यापक,व्यवस्थापन समितिका अध्यक्ष र अभिभावकहरूको ठुलो महत्त्व हुन्छ भने । अध्यक्ष थापाले देवघाट गाउँपालिकाको शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउनको लागि रणनीति योजना बनाएर अगाडी बढेको बताउनुभयो । यो दुई दिने तालिमले शिक्षा क्षेत्रमा केही परिवर्तन गर्नुहुन्छ भन्ने आशा थापाले व्यक्त गरे । उनले देवघाट गाउँपालिकालाई समुन्नत देवघाटको रूपमा अगाडि बढाउन हरदम प्रयास गरेर अगाडि बढेको बताए । शिक्षा योजना किन कसरी भन्ने विषयमा खाका प्रस्तुतिका साथै शिक्षा योजनाको आवश्यक प्रकृया सम्बन्धमा र समूह कार्य लगाएत अन्य विषयमा मन्त्र अध्ययन अनुसन्धान केन्द्र महाराजगञ्ज काठमाडौँका प्राविधिक परामर्शदाता मनोज सुवेदी,प्रकाश न्यौपाने र योगेन्द्र बुढा लगाएतले दुई दिने तालिममा प्रशिक्षण दिनुभएको थियोे ।
दुई दिने तालिममा गाउँपालिका भित्रका ३८ वडा विद्यालयका प्रधानाध्यापक,सह- प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ३० जना सहभागी रहेको थियोे । तालिमको समापन समारोहमा देवघाट गाउँपालिका वडा नम्बर १ अध्यक्ष मनिराज गुरूङ समेत सहभागी रहेको थियोे । देवघाट गाउँपालिका शिक्षा शाखाका कर्मचारी सुभद्रा भट्टराईले सञ्चालन गर्नु भएको कार्यक्रम देवघाट गाउँपालिकाका प्रशासकीय अधिकृत रमेश सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


karishma gurung

