प्रथम देवघाट गाउँपालिका अध्यक्ष कप "दबल"ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा,

images
  • 247
    SHARES
  • कार्तिक ११, २०७८ बिहीबार
    प्रथम देवघाट गाउँपालिका अध्यक्ष कप "दबल"ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा,
    images

    देवघाट तनहुँ:११कार्तिक२०७८ तनहुँको देवघाट गाउँपालिका वडा ५ धर्मार्थ अस्पतालको प्राङ्गणमा "स्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागी खेलकुद" भन्ने मुल नारा लाई आत्मसात गर्दै देवघाट ब्याडमिन्टन संघको आयोजना प्रथम देवघाट गाउँपालिका अध्यक्ष कप "दबल"खुल्ला ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा भएको छ।

    news 1.jpg

    यहीँ मिति २०७८ साल कार्तिक १२ र १३ गते सम्म हुने प्रतियोगितामा तनहुँ,नवलपुर र चितवनका गरि २५ टिमको सहभागिता रहेको देवघाट ब्याडमिन्टन संघका अध्यक्ष अनिल मिश्रले जानकारी दिएको थियो। साथै अध्यक्ष मिश्रले ब्याडमिन्टन खेलले स्वस्थ्य र तन्दुरुस्त मात्र नभई दुव्यसनी कुलतमा लागेका ब्याक्तीहरुलाई केहि हद सम्म भए पनि सहि मार्गतिर डोर्‍याउन सकिने उद्देश्यले सो प्रतियोगिताको आयोजना गर्न लागेको बताए। सो "दबल"ब्याडमिन्टन प्रतियोगिताको समुद् घाटन देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाको प्रमुख आतिथ्यमा गरिने भएको छ।
     
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend