विश्व च्याम्पियन कप्तान लियोनल मेसीले टर्की र सिरियाका भूकम्प पीडितलाई ३५ लाख युरो सहयोग

images
  • 173
    SHARES
  • फाल्गुण १, २०७९ सोमबार
    विश्व च्याम्पियन कप्तान लियोनल मेसीले टर्की र सिरियाका भूकम्प पीडितलाई ३५ लाख युरो सहयोग
    images

    काठमाडौं, फागुन १-

    विश्व च्याम्पियन कप्तान लियोनल मेसीले टर्की र सिरियाका भूकम्प पीडितलाई ३५ लाख युरो सहयोग गरेका छन्।

     

    मेसीले टर्की र सिरियाका लागि ३५ लाख युरो बराबरको मानवीय सहायता उपलब्ध गराएका हुन्।

    फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेन ९पिएसजी० का फरवार्ड अर्जेन्टिनी खेलाडी मेसीले समाजिक सञ्जालमार्फत आफ्ना फलोअर्सलाई टर्की भूकम्पपीडित बालबालिकाका लागि युनिसेफलाई सहयोग गर्न आग्रह गरेका छन्।


    ‘टर्की र सिरियामा विनाशकारी भूकम्पबाट प्रभावित हजारौं बालबालिका र उनीहरूका परिवारहरूका लागि यो अत्यन्तै दुस्खद दिनहरू छन्,’ ३५ वर्षीय मेसीले भनेका छन्, ‘मेरो हृदय उनीहरूप्रति जान्छ। बालबालिकाको सुरक्षाको लागि सुरुदेखि युनिसेफले यस क्षेत्रमा काम गरिरहेको छ। तपाईँको सहयोग यसमा धेरै मूल्यवान हुनेछ।’

    मेसीले यसअघि टर्कीका अन्तर्राष्ट्रिय डिफेन्डर मेरिह डेमिरलको अभियानमा आफ्नो हस्ताक्षर गरिएको पेरिस सेन्ट(जर्मेन जर्सी दिएका थिए। जसले भूकम्प पीडितहरूलाई सहयोग गर्न कोष जुटाउन स्टार खेलाडीहरूको हस्ताक्षर गरिएको जर्सी लिलामी गरेको थियो।

    पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार गत सोमबार दक्षिणी टर्कीमा गएका दुई शक्तिशाली भूकम्पबाट ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। एजेन्सी

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend