देवघाट

स्थानिय तह- निर्वाचन २०७९ मा तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष पदमा सत्ता गठबन्धनका तिलवहादुर थापा र उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका भुवन सिं गुरूङ बिजयी भएको छ ।
थापाले अध्यक्ष पदमा चार हजार ३०६ मत प्राप्त गर्दा नेकपा एमालेका अध्यक्षका उम्मेदवार दुर्गबहादुर थापाले तीन हजार ४८३ मत पाएका छन् । थापा अघिल्लो निर्वाचनमा विजयी भएर गाउँपालिका अध्यक्ष बनेका थिए । र उपाध्यक्ष पदमा २५४ मतान्तरले गुरुङले एमालेकी सावित्री न्यौपानेलाई पराजित गरे । गुरुङले तीन हजार ७२१ मत पाए भने न्यौपानेले तीन हजार ४६७ मत ल्याइएका थिए । न्यौपाने अघिल्लो पटक नेपाली काँग्रेसकी विमला थापासँग एक मतान्तरले पराजित
भएकी थिइन् ।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका थापा ८२० मत र नेकपा माओवादी केन्द्रका उम्मेदवारी गुरूङ २५४ मतान्तरको साथमा विजयी भएका हुन् । योसँगै तनहुँको स्थानीय तह प्रमुखमा काँग्रेसले खाता खोलेको छ ।
थापाले अध्यक्ष पदमा ४ हजार ३ सय ६ अंक ल्याएका थिए भने उपाध्यक्ष पदमा गुरूङ ३ हजार ७ सय २१ मत ल्याएर निर्वाचित भएका हुन ।
देवघाट गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका मनिराज गुरुङ ८९८ मत प्राप्त गरी निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका मुक्तिलाल थापा मगरले ६३४ मत ल्याए ।
वडा नम्बर २ को वडाध्यक्षमा नेपाली काँग्रेस मीनबहादुर राना ८५८ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी नेकपा एमालेका हिराबहादुर थापा मगरले ६७५ मत प्राप्त गरे । वडा नम्बर ३ मा नेपाली काँग्रेसका टेकबहादुर आलेले ५०४ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नवराज गुरुङले ३५२ मत ल्याएका थिए ।
वडा नम्बर ४ मा नेकपा एमालेका मित्रलाल गुरुङ ४१२ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेपाली काँग्रेसका पदमबहादुर गुरुङले ३६७ मत प्राप्त गरे । वडा नम्बर ५ मा नेपाली काँग्रेसका पूर्णबहादुर कुँवर एक हजार ८०६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवराज पौडेलले एक हजार २१४ मत पाएका छन् ।
अध्यक्ष पदमा थापाले ८२० मत र उपाध्यक्ष पदमा २५४ मतले अग्रता लिएर बिजयी भएको छ । त्यस्तै वडा नम्बर २ र ३ मा काङ्ग्रेसको प्यानल बिजयी भएको छ भने वडा नम्बर ५ मा वडा अध्यक्ष र दुई सदस्य सहित बिजयी र वडा नम्बर १ र ४ मा नेकपा एमाले बिजयी भएको छ ।





+4
You, Harry Bro, Sandip Rimal and 206 others
10 Comments
10 Shares
Like
Comment
Share



