देवघाट तनहुँ:अञ्जली बोटे
तनहुँको देवघाट गाउँपालिका नव निर्वाचित जनप्रतिनिधिहरु प्रमाणपत्र हस्तान्तरण गरेको थियो।b

सो कार्यक्रममा देवघाट गाउँपालिका नवनिर्वाचित अध्यक्ष नेपाली काङ्ग्रेसबाट तिल बहादुर थापा,उपाध्यक्ष माओवादी केन्द्रबाट भुवनसिंह गुरुङ, देवघाट १ नेकपा एमालेबाट अध्यक्ष मणीराज गुरुङ,देवघाट २ नेपाली काङ्ग्रेसबाट अध्यक्ष मिन बहादुर राना,देवघाट ३ नेपाली काङ्ग्रेसबाट अध्यक्ष टेक बहादुर आले,देवघाट ४ नेकपा एमालेबाट अध्यक्ष मित्रलाल गुरुङ,देवघाट ५ नेपाली काङ्ग्रेसबाट अध्यक्ष पुर्ण बहादुर कुवंर र अन्य वडा सदस्यहरुलाई हिजो एक कार्यक्रमको आयोजना गरि देवघाट गाउँपालिकाका निर्वाचन अधिकृत थमन सिङ्ग थापाद्वारा प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।









