११औं पटकमा पराजित १० पटक लगातार चुनाव जितेका नरसिंह व्यञ्जनकार

images
  • 133
    SHARES
  • जेठ ५, २०७९ बिहीबार
    ११औं पटकमा पराजित १० पटक लगातार चुनाव जितेका नरसिंह व्यञ्जनकार
    images

    यसअघि लगातार १० पटक वडाध्यक्षमा चुनाव जितेका ललितपुरका नरसिंह व्यञ्जनकार ११औं पटकमा पराजित भएका छन्। 

    hjhgj.jpg

    ललिपतुर महानगरपालिका–१० को वडाध्यक्षमा उम्मेदवारी दिएका ८१ वर्षीय व्यञ्जनकारले ५४३ मत ल्याएर दोस्रो भए। वडाध्यक्ष निर्वाचित नेपाली कांग्रेसका रविनमान व्यञ्जनकारले ८२५ मत पाए।

    वडाध्यक्षमा निर्वाचित रविनमान नाताले नरसिंहका भतिज हुन्।नरसिंहले २०२९ सालमा पहिलोपटक वडाध्यक्षमा जितेका थिए। त्यस वर्ष  उनले कांग्रेसको समर्थनमा उम्मेदवार भएका आफ्नै भाइ (माइलाबाका छोरा) कर्मलाललाई पराजित गरेका थिए। 

    नरसिंहले २०४९ मा बाहेक अहिलेसम्म सबै चुनाव स्वतन्त्र उम्मेवदार बनेर जितेका हुन्।२०४९ सालमा उनलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको थियो। त्यतिबेला अन्य कुनै पार्टीले वडाध्यक्षमा उम्मेदवारी नदिएपछि उनी निर्विरोध निर्वाचित भएका थिए।२०५४ को चुनावमा उनलाई कांग्रेसले टिकट दिएन। त्यसपछि वडाबासीले उनलाई स्वतन्त्र उम्मेदवार बनाए। त्यो चुनावमा नरसिंहबाहेक सबै उम्मेदवारको जमानत जफत भएको थियो। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend