एमालेका दान बहादुर गुरुङ विजयी १४३७ मत गन्न बाँकी छदै १५०३ मतान्तर इच्छाकामना गाउँपालिकाको अध्यक्षमा

images
  • 255
    SHARES
  • जेठ ५, २०७९ बिहीबार
    एमालेका दान बहादुर गुरुङ विजयी १४३७ मत गन्न बाँकी छदै १५०३ मतान्तर इच्छाकामना गाउँपालिकाको अध्यक्षमा
    images

    कुरिनटार,४ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार दान बहादुर गुरुङ विजयी भएको छ । वडा नं। ७ को मतगणना भैरहदा १४३७ मत गन्न बाँकी छदै एमालेका गुरुङ गाउँपालिका अध्यक्षमा विजयी भएको हो।

    rewe.jpg


    गणना गर्न बाँकी रहेको भन्दा गुरुङले अग्रता लिएको मत बढि भएको कारण मतगणना गर्न बाँकी छदै उनी विजयी भएको हो । वडा नं। ७ को पछिल्लो मत परिणाम अनुसार एमालेका अध्यक्ष उम्मेद्वार दान बहादुर गुरुङले ५४६० मत ल्याएका छन् भने गठबन्धनबाट नेपाली काँग्रेसका अध्यक्ष उम्मेद्वार रहेका गीताकुमारी गुरुङले ३९५७ मत ल्याएका छन्। जसअनुसार अध्यक्षमा १५०३ मतको मतान्तर रहेको छ ।

    यस्तै उपाध्यक्षमा नेकपा एमालेका उम्मेद्वार माया सिलवालले गठबन्धनबाट उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वार प्रताप गुरुङलाई २७१ मतले अग्रता लिएकी छिन्। उनले ४७२२ मत पाएकी छिन् भने प्रताप गुरुङले ४४५१ मत पाएकी छिन्।

    अघिल्लो स्थानीय तह निर्वाचनमा काँग्रेसले जितको यस वडाको अध्यक्षमा पनि एमालेकै उम्मेद्वार बोधराज गोलेले १ मतले अग्रता लिएको छ । गोलेको ४८० मत आएको छ भने नेपाली काँग्रेसका उम्मेद्वार बम बहादुर मगरको ४७९ मत आएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend