रेनु दाहालले लिइन् ३ हजार २९१ मतको अग्रता

images
  • 232
    SHARES
  • जेठ ५, २०७९ बिहीबार
    रेनु दाहालले लिइन् ३ हजार २९१ मतको अग्रता
    images

    चितवन 

    भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ४२ हजार ७५० गणना हुँदा अग्रता थप बढाएकी छन् ।

    hjh.jpg

    उनले १६ हजार ४८३ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदी १३ हजार १९२ मतका साथ पछिपछि रहेका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर ३ हजार २९१ रहेको छ ।

    यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ८०७ मत पाएका छन् । उपमेयरमा चित्रसेन अधिकारीले १९ हजार ६२   मत पाउँदा राप्रपाकी हिमला गुरुङले १० हजार ६०१ मत पाएकी छन् । अहिले वडा नम्बर ९ को गणना भइरहेको छ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend